शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

ललितपुरका दुई स्थानमा अस्थायी मतदान केन्द्र

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २० २०८२
ललितपुरका दुई स्थानमा अस्थायी मतदान केन्द्र

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले सामानुपातिकतर्फको मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्दै ललितपुरको नख्खु कारागार र नमुना मच्छेन्द्र माध्यामिक विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ।

ललितपुर- आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर दुई स्थानमा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले सामानुपातिकतर्फको मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्दै ललितपुरको नख्खु कारागार र नमुना मच्छेन्द्र माध्यामिक विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ।

ललितपुरमा जम्मा दुई हजार ४९ जना अस्थायी मतदाता कायम भएका छन्। निर्वाचनमा खटिएका कर्मचारीले भने सम्बन्धित मतदान केन्द्रमा नै सामानुपातिकतर्फको मतदान गर्न पाउनेछन्। नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा कुल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन्। जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन्। जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ। रासस

प्रकाशित : बुधबार, फागुन २० २०८२१०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend