बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २० २०८२
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू पश्चिम एसिया गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ।

प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू पश्चिम एसिया गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ।

पश्चिम एसिया गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ।

मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगन हुँदै आएको छ। रासस

प्रकाशित : बुधबार, फागुन २० २०८२१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend