बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ट्रान्क्युलिटी स्पाको सेवा भैरहवाको सिद्धार्थ विलासामा विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १९ २०८२
ट्रान्क्युलिटी स्पाको सेवा भैरहवाको सिद्धार्थ विलासामा विस्तार

भैरहवा- स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय सहर भैरहवास्थित सिद्धार्थ विलासामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ।

द सोल्टी काठमाडौं, र्‍याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरालगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशमा पनि आफ्नो सेवा विस्तार गरेको हो।

ट्रान्क्युलिटी स्पा नेपालीहरूमा मात्र नभइ विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूबीच पनि लोकप्रिय छ। साथै मलेसियामा सञ्चालनमा रहेको यसको शाखाले पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकहरूको मन जितेको छ।


 ‘लुम्बिनीको प्रवेशद्वार’ भनेर चिनिने भैरहवामा स्थापना गरिएको सुविधासम्पन्न स्पा तथा वेलनेस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मनको शान्ति र शरीरिक आराम प्रदान गर्ने उद्देश्यसहित सेवा प्रदान गर्दै आएको छ। नयाँ शाखामा विभिन्न प्रकारका हाइड्रो र्थमल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचारलगायत समग्र वेलनेसका सेवाहरू उपलब्ध छन्।

'ट्रान्क्युलिटी स्पा एक पारिवारिक स्पा तथा वेलनेस ब्रान्ड हो। हरेक व्यक्तिका लागि स्पा तथा वेलनेस भनेको आधारभूत आवश्यक्ता हो,' ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजुले भने, 'त्यसैले हामीले स्थापनाकालदेखि नै नेपालमा स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै आएका छौँ। यही अभियानअन्तर्गत भैरहवाको सिद्धार्थ विलासामा पूर्ण सुविधासम्पन्न शाखा सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ।'

कार्यकारी निर्देशक सुरेश पुरीले काठमाडौंबाहिर पनि गुणस्तरीय वेलनेस सेवा विस्तार गर्ने संस्थाको दीर्घकालीन लक्ष्यअनुसार यो कदम चालिएको बताए। उनका अनुसार प्रमुख पर्यटकीय तथा आतिथ्य क्षेत्रहरूमा स्पा सेवाको पहुँच विस्तार गर्नु कम्पनीको प्राथमिकता हो।

ट्रान्क्युलिटी स्पाले मन र शरीरलाई आराम दिने सेवा प्रदान गर्ने मात्र नभइ वेलनेस पर्यटन तथा व्यवसायको प्रवर्द्धन गर्दै युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरसमेत सिर्जना गरिरहेको कम्पनीको भनाइ छ।

कम्पनीले हाल नेपालभर १८ वटाभन्दा धेरै शाखाहर मार्फत सेवा सञ्चालन गर्दै आएको छ र २५० भन्दा बढी युवाहरूलाई रोजगारीको अवसर प्रदान गरेको छ। कम्पनी नेपालको तीव्र रूपमा विकास हुँदै गएको वेलनेस क्षेत्रमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित अघि बढिरहेको छ। भैरहवाको नयाँ शाखामा मात्र अहिले ४० जना कर्मचारी छन् र यो संख्या क्रमशः बढाउँदै लैजाने कम्पनीको योजना छ।

 


प्रकाशित : मंगलबार, फागुन १९ २०८२१६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend