बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य लगातार तेस्रो दिन बढ्यो, चाँदीको मूल्य घट्यो

मंगलबार, फागुन १९ २०८२
सुनको मूल्य लगातार तेस्रो दिन बढ्यो, चाँदीको मूल्य घट्यो

आइतबार, सोमबार र मंगलबार गरी पछिल्ला तीन दिनमा सुनको मूल्य प्रतितोला १३ हजार ७ सय रुपैयाँले बढेको छ।

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुनको मूल्य लगातार तेस्रो दिन बढेको हो भने दुई दिन लगातार बढेको चाँदीको मूल्य तेस्रो दिन घटेको हो।

पश्चिम एसियामा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ।

आइतबार, सोमबार र मंगलबार गरी पछिल्ला तीन दिनमा सुनको मूल्य प्रतितोला १३ हजार ७ सय रुपैयाँले बढेको छ। सुनको मूल्य आइतबार प्रतितोला ५ हजार ६ सय रुपैयाँ र सोमबार पनि त्यति नै रकमले बढेको थियो। 

सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै हिजो सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार प्रतितोला २ सय ५ रुपैयाँले घटेर ५ हजार ८ सय १५ रुपैयाँमा झरेको छ। चाँदीको मूल्य यसअघि आइतबार प्रतितोला २ सय ४५ रुपैयाँ र सोमबार प्रतितोला ३५ रुपैयाँले बढेको थियो।

चाँदी गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, फागुन १९ २०८२११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend