शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १८ २०८२
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए।

रामेछाप- रामेछाप नगरपालिका-२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ। 

जिल्लाको साँघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए।  

प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ। रासस


प्रकाशित : सोमबार, फागुन १८ २०८२१७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend