शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

पश्चिम एसियामा बढ्दो तनावका कारण नेपाली श्रमिकको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १८ २०८२
पश्चिम एसियामा बढ्दो तनावका कारण नेपाली श्रमिकको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

इजरायल, अमेरिका र इरान बीच चर्किएको द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा जोखिम बढेपछि श्रम स्वीकृति प्रक्रिया रोकिने निर्णय गरिएको हो।

काठमाडाैं- पश्चिम एसियामा भएको  युद्धजन्य परिस्थितिलाई ध्यानमा राख्दै सरकारले खाडी तथा प्रभावित देशतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। 

इजरायल, अमेरिका र इरान बीच चर्किएको द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा जोखिम बढेपछि श्रम स्वीकृति प्रक्रिया रोकिने निर्णय गरिएको हो।

पछिल्ला दिनहरूमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य संरचनामाथि जवाफी आक्रमण सुरु गरेपछि अवस्था थप जटिल बन्दै गएको सरकारी अधिकारीहरूले बताएका छन्। सरकारका अनुसार विशेषगरी युनाइटेड अरब इमिरेट्स, कतार, ओमान र कुवेत लगायतका मुलुकमा उच्च सतर्कता अपनाइएकाले त्यहाँ कार्यरत तथा जान लागेका नेपाली श्रमिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अर्को सूचना जारी नभएसम्म ती देशतर्फ श्रम स्वीकृति नदिने स्पष्ट पारेको छ। यस निर्णयका कारण वैदेशिक रोजगारीका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेका तथा उडानको तयारीमा रहेका कामदारहरू प्रभावित भएका छन्।

shram swrkriti.jpg
undefined


प्रकाशित : सोमबार, फागुन १८ २०८२११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend