बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई दिनमा सुनको मूल्य प्रतितोला ११ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य २८० रुपैयाँले बढ्यो

सोमबार, फागुन १८ २०८२
दुई दिनमा सुनको मूल्य प्रतितोला ११ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य २८० रुपैयाँले बढ्यो

सुनको मूल्य आज सोमबार प्रतितोला ५ हजार ६ रुपैयाँले बढेर ३ लाख २६ हजार १ सय रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। सुनचाँदीको मूल्य लगातार दोस्रो दिन बढेको हो। पश्चिम एसियामा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार प्रतितोला ५ हजार ६ रुपैयाँले बढेर ३ लाख २६ हजार १ सय रुपैयाँ पुगेको छ। 

यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले नै बढेको थियो। आइतबार र सोमबार गरी पछिल्ला दुई दिनमा सुनको मूल्य प्रतितोला ११ हजार २ सय रुपैयाँले बढेको छ।

सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै हिजो आइतबार प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार प्रतितोला ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ। 

यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला २ सय ४५ रुपैयाँले बढेको थियो। आइतबार र सोमबार गरी पछिल्ला दुई दिनमा चाँदीको मूल्य २ सय ८० रुपैयाँले बढेको छ। 

चाँदी गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, फागुन १८ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend