शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १८ २०८२
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने देखिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।

काठमाडौं- देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहने छ भने यी प्रदेशका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू-भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ। अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने छ।

विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने देखिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा समेत कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।


प्रकाशित : सोमबार, फागुन १८ २०८२१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend