शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

पश्चिम एसिया अशान्त, प्रभाव र असर कहाँसम्म होला?

मंगलबार, फागुन १९ २०८२
पश्चिम एसिया अशान्त, प्रभाव र असर कहाँसम्म होला?

यो अशान्तिको असर विश्वको अर्थतन्त्रमा कस्तो पर्नसक्छ? नेपालसम्म त्यसको प्रभाव कसरी आउँछ?

काठमाडौं- इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि त्यसको प्रत्तिउत्तरमा इरानले आक्रमण जारी राखेको छ। इरानका सर्वोच्च नेता आयतुलना खमिनीसहित उच्चपदस्थ मारिएका छन्। धार्मिक नेतासमेत रहेका सर्वोच्च नेता मारिएपछि पनि इरानले गल्फ क्षेत्रका मुलुकसहित इजरायलमा आक्रमण जारी राखेको छ। 

अमेरिकी सैन्य अखडा तथा सम्पत्ति भएका गल्फ मुलुकमा इरानले आक्रमण जारी राखेको मात्र होइन इरानले सामुद्रिक मार्गसमेत बन्द गराउन थालेको छ। पछिल्लो अवस्थाले समग्र गल्फ क्षेत्र द्वन्द्वको चपेटामा परेको छ। यो अशान्तिको असर विश्वको अर्थतन्त्रमा कस्तो पर्न सक्छ? नेपालसम्म त्यसको प्रभाव कसरी आउँछ? 

पश्चिम एसियाको यो क्षेत्र पेट्रोलियम पदार्थको खानी हो। इरान आफैमा ठूलो तेल उत्पादक मुलुक हो। त्यतिमात्र होइन विश्वकै ३० प्रतिशतसम्म कच्चा तेलको आपूर्ति हुने होर्मुज नाका पनि इरानकै नियन्त्रणमा छ। अहिले होर्मुज भएर यात्रा गर्ने कयौँ कन्टेनर कि रोकिएका छन् कि पछि हटेका छन्। यसबाट आपूर्ति प्रभावित हुने निश्चित छ। 

यो द्वन्द्व जति लामो हुन्छ त्यति नै यो आपूर्तिको प्रभाव गहिरो हुनेछ। यदि द्वन्द्व लम्बियो भने यसको तेलको मूल्यमा ठूलो उछाल आउनसक्ने हुन्छ। जसको असर नेपालसम्म पनि पुग्ने निश्चित छ। त्यतिमात्र होइन नाका नै अवरुद्ध भएमा रणनीतिक रिजर्भ नभएका नेपालजस्ता मुलुकलाई कठिन हुने निश्चित छ। 

तेलको मूल्य ब्यारेलको १०० डलरसम्म पुग्यो भने विश्वको मुद्रास्फ्रितिमा ०.७ प्रतिशतसम्म बिन्दुले बढ्न सक्ने प्रक्षेपण गरिएको छ। यसको असर संसारका सबै मुलुकको भान्सासम्म पुग्नेछ। 

अमेरिकी राष्ट्रपतिको भन्सार नीतिले यसै थला परेको अर्थतन्त्रमा यो युद्धले झन् क्षति बढाउने चुनौती देखिएको छ। 

युद्धको समय कति लामो हुन्छ भन्ने कुराले यसको प्रभाव निर्धारण गर्नेछ। मौद्रिक अवमूल्यण, तीव्र मुद्रास्फ्रितिका कारणले अमेरिकी बण्ड र सुनको मूल्यमा उछाल आउने देखिन्छ। 

इरानले अमेरिकी स्टेसन भएको भन्दै गल्फ मुलुककमा मिसाइल हानेको छ। यही कारणले गर्दा त्यो क्षेत्रको एयरस्पेस बन्द भएको छ। त्यतिमात्र होइन त्यो क्षेत्रमा १७ लाख नेपाली छन्। नेपालका लागि सुरक्षा जोखिम यही कारणले थप बढेको छ। 


प्रकाशित : मंगलबार, फागुन १९ २०८२१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend