बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकले प्रदान गर्ने रिर्सच ग्रान्टको म्याद चैत मसान्तसम्म थपियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १७ २०८२
कामना सेवा विकास बैंकले प्रदान गर्ने रिर्सच ग्रान्टको म्याद चैत मसान्तसम्म थपियो

काठमाडौं- कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत शोधकर्ता विद्यार्थीहरूलाई  प्रदान गर्ने अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को म्याद चैत मसान्तसम्म थप गरिएको छ। विभिन्न विश्वविद्यालयहरू तथा विद्यार्थीको अनुरोधमा म्याद थप गरिएको बैंकले जनाएको छ।

अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका शोधकर्ता विद्यार्थीहरू र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका शोधकर्ता विद्यार्थीहरूलाई शोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ। आवेदकले कुनै पनि विश्वविद्यालयमा व्यवस्थापन वा अर्थशास्त्रमा मान्यता प्राप्त स्नातकोत्तर वा एमफिल विषयमा भर्ना भएको हुनुपर्ने छ।

बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोध कार्यका लागि एफफिल गर्दै गरेका दुई जना शोधकर्ता विद्यार्थीहरूलाई जनही १ लाख रुपैयाँका दरले अनुदान प्रदान गरिने छ।

यस्तै व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गदै गरेका ४ जना शोधकर्ता विद्यार्थीहरूलाई बैंकिङ, अर्थतन्त्र र सूचना तथा प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोध कार्यका लागि जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गर्ने छ।

उक्त अनुदान प्राप्त गर्नका लागि सम्बन्धित कलेजको सिफारिससहित चैत मसान्तभित्र बैंकसमक्ष प्रस्तावना पेस गर्नुपर्ने छ। सम्बन्धित विषयका विज्ञसमेत रहेको छनोट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थीहरूको छनोट गर्ने छ।

विद्यार्थीहरूले गर्ने शोध कार्यहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई शोध, अनुसन्धान कार्य गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट फेलोसिप रिसर्च ग्रान्ट प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलब्ध गराउने भएको हो।


प्रकाशित : आइतबार, फागुन १७ २०८२१५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend