शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

विमानस्थलमा अलपत्र यात्रुलाई खान र बस्नको व्यवस्था

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १७ २०८२
विमानस्थलमा अलपत्र यात्रुलाई खान र बस्नको व्यवस्था

कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो।

काठमाडौं- मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ।

कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो। संघका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि संघले व्यवस्था मिलाइएको जानकारी दिए।

'कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौँ,' उनले भने।

संघले अप्ठ्यारोमा परेका यात्रुलाई संघमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ। रासस


प्रकाशित : आइतबार, फागुन १७ २०८२१३:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend