शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

काठमाडौंका १० निर्वाचन क्षेत्रमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र, मतदाताको संख्या कहाँ कति?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १७ २०८२
काठमाडौंका १० निर्वाचन क्षेत्रमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र, मतदाताको संख्या कहाँ कति?

दशवटा निर्वाचन क्षेत्रमा ३ लाख ६४ हजार महिला, ३ लाख ४६ हजार ११६ पुरुष र अन्य ७ गरी कुल ७ लाख १० हजार ७०८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंकी सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन्।

काठमाडौं- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ।

दशवटा निर्वाचन क्षेत्रमा ३ लाख ६४ हजार महिला, ३ लाख ४६ हजार ११६ पुरुष र अन्य ७ गरी कुल ७ लाख १० हजार ७०८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंकी सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन्।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा २२ वटा मतदानस्थल र मतदान केन्द्र ५७ छन्। यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता छन्।

काठमाडौं क्षेत्र नं. २ मा ४० वटा मतदानस्थल र मतदान केन्द्र १०० छन्। यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उनले बताइन्।

काठमाडौं क्षेत्र नं ३ मा २९ मतदानस्थल र मतदान केन्द्र ७२ छन्। यस क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता छन्।

काठमाडौं क्षेत्र नं. ४ मा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन्। यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता छन्।

काठमाडौं क्षेत्र नं. ५ मा मतदानस्थल ३१ र मतदान केन्द्र ९० छन्। यहाँ ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ छन्।

काठमाडौं क्षेत्र नं. ६ मा मतदानस्थल ३२ र मतदान केन्द्र ७९ छन्। यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ छन्।

काठमाडौं क्षेत्र नं. ७ मा मतदानस्थल २९, मतदान केन्द्र ७८ छन्। यहाँ महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता छन्।

काठमाडौं क्षेत्र नं. ८ मा मतदानस्थल २३ र मतदान केन्द्र ६५ छन्। यहाँ महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता छन्।

काठमाडौं क्षेत्र नं. ९ मा ३४ मतदानस्थल र मतदान केन्द्र ९० छन्। यहाँ महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ छन्।

काठमाडौं क्षेत्र नं. १० मा मतदानस्थल ४७ र मतदान केन्द्र ९८ छन्। यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ छन्। रासस


प्रकाशित : आइतबार, फागुन १७ २०८२१३:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend