बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य २ सय ४५ रुपैयाँले बढ्यो

आइतबार, फागुन १७ २०८२
सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य २ सय ४५ रुपैयाँले बढ्यो

आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज आइतबार चाँदीको मूल्य प्रतितोला २ सय ४५ रुपैयाँले बढेर ५ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

चाँदी गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, फागुन १७ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend