शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

निर्वाचन आचारसंहिता उल्लंघ गर्ने ८ जनालाई कारबाही, ९४ जनालाई स्पष्टीकरण

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १६ २०८२
निर्वाचन आचारसंहिता उल्लंघ गर्ने ८ जनालाई कारबाही, ९४ जनालाई स्पष्टीकरण

देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा किनारा लगाइएको आयोगले जनाएको छ।

काठमाडौं- निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेका आठ जनालाई कारबाही गरेको छ भने ९४ जनालाई स्पष्टीकरण सोधेको छ।

राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिए।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ। दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको छ।

देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा किनारा लगाइएको आयोगले जनाएको छ। सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट प्राप्त भएका छन्। रासस


प्रकाशित : शनिबार, फागुन १६ २०८२१५:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend