शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

खाडी क्षेत्रमा धमाधम एयरस्पेस बन्द हुँदै, नेपालको उडान के होला?

शनिबार, फागुन १६ २०८२
खाडी क्षेत्रमा धमाधम एयरस्पेस बन्द हुँदै, नेपालको उडान के होला?

दोहोरो आक्रमण हुँदा नेपालको हवाई उडान पनि प्रभावित हुने भएको छ।

काठमाडौं- इरानमाथि अमेरिका-इजरायलले आक्रमण गरेपछि इरानले पनि जवाफ दिएको छ। दोहोरो आक्रमण हुँदा खाडी क्षेत्रको उडान आकाश प्रभावित बनेको छ। 

खाडी मुलुकमा रहेका सातवटा अमेरिकी सैनिक अखडामा इरानले आक्रमण गरेको छ। यस्तै दोहोरो आक्रमण हुँदा नेपालको हवाई उडान पनि प्रभावित हुने भएको छ। 

अहिलेसम्म कुन गन्तव्यमा के हुने भनेर निश्चित सूचना नआएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। अहिलेसम्म टर्की एयरको उडान भने प्रभावित भएको छ। बिहान नै अवतरण हुनुपर्ने उडान अहिलेसम्म भएको छैन। 

इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको हो। सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ।

८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए वा थिएनन् भन्ने स्पष्ट हुन सकेको छैन। अमेरिकासँगको बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन्। घटनाले मध्यपूर्वमा नयाँ सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ।

 


प्रकाशित : शनिबार, फागुन १६ २०८२१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend