बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विनोद चौधरीलाई समर्थन गर्दै रास्वपा नवलपरासीका समानुपातिक आकांक्षी महेन्द्र हरिजनले त्यागे पार्टी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १६ २०८२
विनोद चौधरीलाई समर्थन गर्दै रास्वपा नवलपरासीका समानुपातिक आकांक्षी महेन्द्र हरिजनले त्यागे पार्टी

नवलपरासी पश्चिम- राष्ट्रिय स्वतन्त्र पार्टीका नवलपरासी पश्चिम क्षेत्र नं १ का समानुपातिक आकांक्षी उम्मेदवार महेन्द्र हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। सुस्ता गाउँपालिका सदस्यसमेत रहेका उनले पार्टीका जिल्ला नेतृत्वलाई सम्बोधन गर्दै दिएको लिखितपत्रमार्फत आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

रास्वपा त्यागेका हरिजनले नेपाली कांग्रेसका उमेदवार विनोद चौधरीलाई जिताउन समेत अपिल गरेका छन्।

आजै मात्र नवलपरासी पश्चिम बर्दघाट १२ मा कांग्रेसको घरदैलो कार्यक्रममा रास्वपा तथा नेपाली कम्युनिस्ट पार्टीका ५० जनाभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

नवलपरासी पश्चिममा सक्रिय रूपमा पार्टी निर्माण तथा संगठन विस्तारमा संलग्न रहँदै आएका हरिजनले रास्वपाले कुनै विधिबिना टिकट बाँडेको र पार्टीमा वैचारिक स्पष्टता र सिद्धान्तको अभाव देखिएको बताएका छन्।

'पार्टीभित्र बढ्दो गुटबन्दी र सीमित समूहको प्रभावका कारण साधारण सदस्यले सम्मानजनक भूमिका निर्वाह गर्न नसक्ने अवस्था सिर्जना भएकाले यस पार्टीभित्र रहनुको कुनै अर्थ छैन,' हरिजनले भने।


प्रकाशित : शनिबार, फागुन १६ २०८२१२:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend