बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नवलपरासी पश्चिममा विनोद चौधरीको पक्षमा जेनजी युवाको र्‍याली

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १६ २०८२
नवलपरासी पश्चिममा विनोद चौधरीको पक्षमा जेनजी युवाको र्‍याली

नवलपरासी पश्चिम- नवलपरासी पश्चिम क्षेत्र नं. १ का जेनजी पुस्ताका युवाहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने जनाएका छन् ।

विभिन्न स्थानका युवाहरूले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै चौधरीलाई पुनः निर्वाचित गराउन आग्रह गरेका हुन्। यस क्षेत्रका युवाहरले आज विनोद चौधरीको समर्थनमा र्‍याली आयोजना गरी चौधरीको पक्षमा भोट दिन सम्पूर्ण पश्चिम नवलपरासीवासीलाई अपिलसमेत गरेका छन्।

स्थानीय युवा विद्या चौधरीले यस क्षेत्रमा युवामैत्री कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको बताइन्। उनका अनुसार सीजी फाउन्डेसनमार्फत सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिमका कारण क्षेत्रका सयौँ युवाहरू स्वरोजगार बन्न सफल भएका छन्। 'युवाहरूलाई सीप र अवसर दिने नेतृत्व आवश्यक छ, त्यसका लागि हाम्रो समर्थन विनोद चौधरीलाई हो,' उनले भनिन्।

सुस्ता क्षेत्रकी दिव्या हरिजनले चौधरी युवाहरूका लागि प्रेरणाको स्रोत भएको बताइन्। उनले देशव्यापी रूपमा रोजगारी सिर्जनामा चौधरीको योगदान उल्लेख गर्दै सक्षम र अनुभवी व्यक्तित्व राजनीतिमा आवश्यक रहेको धारणा राखिन्। 'देशभर रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व राजनीतिमा आउनु सकारात्मक सन्देश हो,' उनले भनिन्।

बर्दघाटकी मनिषा महर्जनले पनि युवाहरूको आकांक्षा सम्बोधन गर्न सक्ने उम्मेदवारको रूपमा चौधरीलाई अघि सारेकी छन्। 'उहाँ युवाहरूको आइकन हुनुहुन्छ। निजी क्षेत्रको दक्षता अब विकासमा प्रयोग गर्न दिनुपर्छ,' उनले भनिन्।


प्रकाशित : शनिबार, फागुन १६ २०८२१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend