काठमाडौं- जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल १ हजार ७६ उजुरी परेको छ।
निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये १ हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भएको छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २ सय ४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्।
प्राप्त उजुरीमध्ये ९७ लिखित र ९ सय ७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए। प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ। यस्तै सामाजिक सञ्जालको दुरुपयोग गरेको, डीजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ।
त्यस्तै शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारीसाधन प्रयोग गरेको लगायतका छन्। रासस

