शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटाइने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १५ २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटाइने

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र ५ सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए।

काठमाडौं- यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा २ लाख २१ हजार कर्मचारी खटिने भएका छन्।

७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रका २३ हजार १ सय १२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १ सय ४३ अस्थायी केन्द्रमा गरी उक्त संख्यामा कर्मचारी खटाउने भएको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र ५ सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ।

निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ।

प्रकाशित : शुक्रबार, फागुन १५ २०८२१२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend