काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै बिहीबार प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
दैनिक कारोबारको हिसाबले चाँदी गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
