बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लिलाम बिक्री पोर्टलमा हेर्न सकिन्छ एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १४ २०८२
लिलाम बिक्री पोर्टलमा हेर्न सकिन्छ एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ सम्पत्तिहरू, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिसकिएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ। ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन्।

यसरी ग्राहकहरूले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, ईमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज पठाउन सक्ने व्यवस्था बैंकले गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेका सम्पत्तिहरू र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशन गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहकहरूले अनलाइन पोर्टलको लिंकबाटै बिक्री हुने सम्पत्तिहरूको विस्तृत विवरणहरूसहितको जानकारी लिन सक्नेछन्।


प्रकाशित : बिहीबार , फागुन १४ २०८२१५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend