काठमाडौं- बुद्ध एयरले आज बिहीबारदेखि नयाँ वेबसाइटको सुरुआत गरेको छ। आकर्षक एवं छरितो डिजाइनमा तयार भएको वेबसाइटमार्फत सजिलै टिकट बुकिङ गर्न सकिन्छ। केही क्लिकमै फ्लाइट स्टाटस, कार्गो ट्रेसिङ गर्न सकिन्छ। साथै अन्य जानकारीहरू पनि सजिलै लिन सकिन्छ।
बुद्ध एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरुका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड पनि जारी गरेको छ। वेबसाइटमार्फत उडान बुकिङ गर्दा फ्लाईटुभोट प्रोमो कोड प्रयोग गरी थप ३०० रुपैयाँ छुट पाउन सकिन्छ। यो अफर हरेक दिन पहिला ३०० यात्रुहरूका लागि तय गरिएको छ।
