काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। अस्ति मंगलबार पनि सुन त्यति नै मूल्यमा कारोबार भएको थियो।
दैनिक कारोबारको हिसाबले भने सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
दैनिक कारोबारको हिसाबले भने चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

