शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

१ लाख ८६ हजार अस्थायी मतदाता कायम

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १३ २०८२
१ लाख ८६ हजार अस्थायी मतदाता कायम

मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरूलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ।

काठमाडौं- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार जना अस्थायी मतदाता कायम भएका छन्। यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन्।

मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरूलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश छ।

ती अस्थायी मतदाताका लागि १४३ मतदानस्थल निर्धारण गरिएको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जीसीले  जानकारी दिए। रासस 


प्रकाशित : बुधबार, फागुन १३ २०८२१७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend