शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्‍याइयो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १३ २०८२
निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्‍याइयो

काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ।

काठमाडौं- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री  पुर्‍याइएको छ।

काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ। ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए।

काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ। रासस


प्रकाशित : बुधबार, फागुन १३ २०८२१४:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend