काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। हिजो मंगलबार पनि सुन त्यति नै मूल्यमा कारोबार भएको थियो।
दैनिक कारोबारको हिसाबले भने सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज बुधबार चाँदीको मूल्य प्रतितोला १ सय ३० रुपैयाँले बढेर ५ हजार ७ सय १५ रुपैयाँ पुगेको छ। हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
दैनिक कारोबारको हिसाबले भने चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
