शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

हुम्लाका १५ मतदान केन्द्रमा ३ सयभन्दा कम मतदाता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १३ २०८२
हुम्लाका १५ मतदान केन्द्रमा ३ सयभन्दा कम मतदाता

६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका-३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन्।

हुम्ला- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा ३ सयभन्दा कम मतदाता छन्।

जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार  सय ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका-३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन्। यो स्थान पुग्न गाउँपालिकाको केन्द्रबाट एक दिनको पैदल यात्रा गर्नुपर्छ। यसलाई सडक सञ्जालले छोएको छैन।

सर्केगाड गाउँपालिकामा ३ सयभन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन्। वडा नं १ को देबल आधारभूत विद्यालय तुम्चमा २ सय ४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २ सय १६ र नीलकण्ठ प्रावि फुचामा २ सय ८८ जना मतदाता रहेका निर्वाचन अधिकारी रोकायाले बताए।

त्यस्तै चंखेली गाउँपालिकामा पनि तीनवटै मतदान केन्द्र छन्। जसमध्ये डाँफे आधारभूत विद्यालय नेप्कामा २ सय ४२ मतदाता छन्। यस गाउँमा जान पनि गाउँपालिकाको केन्द्रबाट पैदल यात्रा गर्दा पूरा एक दिन लाग्छ, यहाँ सडक पुगेको छैन। अन्य रारा आधारभूत विद्यालय मेखालामा  सय ४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २ सय १२ जना मतदाता छन्।

अन्य आठवटा मतदान केन्द्र भने जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा छन्। सबैभन्दा टाढा रहेको हिमशिखर प्रावि तिलगाउँमा १ सय ३२, भृकुटी प्रावि जाँङगाउँमा २ सय ४७ र सुनखानी प्रावि हल्जीमा २ सय ९३ मतदाता छन्। तर यी तिनै गाउँमा यतिबेला १५/२० जनाबाहेक अन्य सबै जिल्ला सदरमुकाम वा अन्य सहरी क्षेत्रमै छन्।

यता अरनिको प्रावि यारीमा १ सय ९५, खासरपानी प्रावि मुचुमा २ सय ३४, हिमालय प्रावि चालामा १ सय ५९, महाबौद्ध मावि याल्वाङमा २ सय ८० र नमोडोछोमु प्रावि ताङ्घीनमा १ सय ५९ मतदाता छन्। यी सबै मतदान केन्द्रमा यतिबेला हिउँ जमेको छ भने केही मतदान केन्द्रमा जान यारी र न्यालुको लेकमा भएको हिउँका कारण जान नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए। उनका अनुसार स्काभेटरमार्फत हिउँ पन्छाउने काम सुरु भए पनि असम्भवजस्तै देखिएको छ।

जिल्लाको सबैभन्दा धेरै मतदाता भएको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालय लालिमा १ हजार ६३ मतदाता छन्। त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९ सय ७७ र कोट मावि रोडीकोटमा ९ सय ३६ जना रहेको निर्वाचन अधिकारी रोकायाले बताए। रासस


प्रकाशित : बुधबार, फागुन १३ २०८२१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend