शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १२ २०८२
फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो।

काठमाडौं- सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो।


प्रकाशित : मंगलबार, फागुन १२ २०८२१६:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend