बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य लगातार तेस्रो दिन बढ्दा चाँदीको मूल्य घट्यो

मंगलबार, फागुन १२ २०८२
सुनको मूल्य लगातार तेस्रो दिन बढ्दा चाँदीको मूल्य घट्यो

पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले बढेको छ।

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको छ। हिजो सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

सुनको मूल्य लगातार तेस्रो दिन बढेको हो। सुनको मूल्य यसअघि आइतबार प्रतितोला ५ हजार ६ सय रुपैयाँ र सोमबार प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको थियो। 

पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले बढेको छ।  

दैनिक कारोबारको हिसाबले भने सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ५ हजार ५ सय ८५ रुपैयाँमा झरेको छ। हिजो सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

आइतबार र सोमबार गरी दुई दिन लगातार बढेको चाँदीको मूल्य तेस्रो दिन भने घटेको हो। चाँदीको मूल्य यसअघि आइतबार प्रतितोला ३ सय ७५ रुपैयाँ र सोमबार प्रतितोला १ सय ७० रुपैयाँले बढेको थियो।

दैनिक कारोबारको हिसाबले भने चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : मंगलबार, फागुन १२ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend