शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

पूरै देश निर्वाचनमा होमिँदा निर्वाचन नहुने हल्ला कसले फैलाउँदैछ?

मंगलबार, फागुन १२ २०८२
पूरै देश निर्वाचनमा होमिँदा निर्वाचन नहुने हल्ला कसले फैलाउँदैछ?

प्रमुख राजनीतिक दल नेकपा एमालेका अध्यक्षदेखि नेताहरूले यसको नेतृत्वमा सुरूमा गरेका थिए तर पछिल्लो समय उनीहरू निर्वाचन हुनुपर्छ तर संशय अझै बाँकी रहेको बताइरहेका छन्।

काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिंदै गर्दा पनि ‘चुनाव’ हुँदैन भन्ने सन्देश इन्टरनेटमा फैलाउने क्रम जारी रहेको छ। नेपाली सामाजिक सञ्जालमा सक्रिय केहि प्रभावशाली र सामाजिक मनोविज्ञानसँग जोडिएकाहरूले नै यस्तो सन्देशलाई व्यापक बनाइरेका छन्। 

निर्वाचनमा भाग नलिने घोषणा गरेका केही साना दल तर युटुब लागयतका माध्यममा राम्रै अडियन्स भएका केही व्यक्तिले यस्तो सन्देश सुरूदेखि नै फैलाएका थिए। सुरूमा निर्वाचन हुन हुँदैन भन्ने उनीहरूले पछिल्लो समय हुँदैन हुन सक्दैन भनिरहेका छन्। 

प्रमुख राजनीतिक दल नेकपा एमालेका अध्यक्षदेखि नेताहरूले यसको नेतृत्वमा सुरूमा गरेका थिए तर पछिल्लो समय उनीहरू निर्वाचन हुनुपर्छ तर संशय अझै बाँकी रहेको बताइरहेका छन्। 

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते जारी गरेको विज्ञप्तिले एउटा तप्का निर्वाचन हुँदैन र हुनहुँदैन भनेर सञ्जालमा सन्देश फैलाउन सक्रिय देखिएको छ। 

यो अभियानमा सबैभन्दा धेरै ज्योतिष हौँ भन्नेहरूको परिचालन धेरै भएको छ। इन्टरनेटमा विभिन्न प्रकारका भविष्यवाणि गर्ने ज्योतिषहरूलले निर्वाचन हुँदैन भनेर पछिल्लो समय सन्देश फैलाइरहेका छन्। नेपाली समाजमा ज्योतिषि भविष्यवाणिमा विश्वास धेरै भएकाले पनि उनीहरूलाई धेरै सक्रिय बनाइएको छ। 

राज्य संयन्त्रदेखि दलसम्म सबै निर्वाचनमा होमिँदा एउटा तप्का निर्वाचन नै हुँदैन भनेर मनोवैज्ञानिक सन्त्रास फैलाउन व्यस्त देखिएको छ। टिकटक, फेसुबक र युटुबमा यस्तो सन्देश धेरै फैलाइएको छ। 

तर निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायले भने निर्वाचनका लागि तयारी पुगेको र सुरक्षा अवस्था पनि नियन्त्रणमै रहेकाले ढुक्क हुन आग्रह गरिरहेका छन्। कुनै ठूलै राजनीतिक आन्दोलनको जोखिम नरहेको र दलहरूले पनि ठूलो निर्वाचन र्‍याली नगरेकाले ठूलो मुठभेडको अवस्था नरहेको गृह मन्त्रालयका अधिकारीहरूलेब ताएका छन्। 


प्रकाशित : मंगलबार, फागुन १२ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend