बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई दिल्लीस्थित अपोलो हस्पिटलको सेवामा १० प्रतिशतसम्म छुट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ११ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई दिल्लीस्थित अपोलो हस्पिटलको सेवामा १० प्रतिशतसम्म छुट

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडका ग्राहकहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल) को उपचार सेवमा छुट पाउने भएका छन्। दुई पक्षबीच बैंकका ग्राहकलाई  स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउने समझदारी भएको हो।

समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरे। यससँगै अब बैंकका ग्राहकहरूले इन-पेसेन्ट रुम चार्ज, प्रिभेन्टिभ हेल्थ चेक प्याकेज र अटेन्डिइज हेल्थ चेकअप सेवाहरूमा १० प्रतिशत र आउटपेसेन्ट इन्भेस्टिगेसनमा ५ प्रतिशत छुट पाउने भएका हुन्।

त्यस्तै कम्लिमेन्टरी रजिस्ट्रेसन फिज्, एक्सेस टु इन्टरनेसनल पेसेन्ट लाउन्जजस्ता सुविधासमेत उपलब्ध हुने छन् । यसैगरी काठमाडौंस्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिने बैंकका ग्राहकहरूलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मका लागि यातायातको सुविधा पनि उपलब्ध हुने छ।

यी सुविधाका लागि ग्राहकहरूले एनआईसी एसिया बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ। 


प्रकाशित : सोमबार, फागुन ११ २०८२१७:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend