काठमाडौं- घरेलु उपकरणहरूका लागि प्रतिष्ठित ब्रान्ड गोदरेजले नेपाली बजारमा आफ्नो डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता, जलवायु र जीवनशैलीलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो रेफ्रिजेरेटर २३४ लिटर क्षमताको छ।
गोदरेज आरटी जीएफई २५० मोडेलले नेपालमा हुने विद्युत् उतारचढाव, खाना संरक्षणको चुनौती र स्वास्थ्य सुरक्षाको आवश्यकतालाई एकसाथ सम्बोधन गरेको छ। यो रेफ्रिजेरेटरले मध्यम आकारका नेपाली परिवारहरूको हप्ताभरिको खानाको आवश्यकतालाई पूरा गर्न सक्छ।
यसले विद्युत् ग्रिडको अनियमित भोल्टेजबाट स्वचालित सुरक्षा प्रदान गर्दछ, खानालाई हानिकारक जीवाणुबाट सुरक्षा गर्दछ, ३ वटा टफन्ड ग्लास शेल्फ, १८ लिटरको भेजिटेबल बास्केट र २.५ लिटर बोतल शेल्फले खाना व्यवस्थित राख्न सहज बनाउँछ।
यस्तै आर६००ए रेफ्रिजेरेन्ट प्रयोगले लामो समयसम्म विद्युत् खर्च घटाउँदै पर्यावरणमैत्री प्रदर्शन दिन्छ। १.४४ मिटर उचाइ, ५९.७२ सेन्टिमिटर चौडाइ र ६९.५० सेन्टिमिटर गहिराइको स्लिम डिजाइनले भान्साको सीमित ठाउँमा पनि सहजै ठाउँ पाउँछ।
गोदरेज डबल डोर रेफ्रिजेरेटर स्वास्थ्यप्रति सचेत गृहिणीहरू र विद्युतीय समस्याबाट सुरक्षित टिकाउ उपकरण खोज्ने उपभोक्ताहरूका लागि उपयुक्त छ। गोदरेज डबल डोर रेफ्रिजरेटर नेपालभर उपलब्ध छ। नेपालमा गोदरेज उत्पादनहरूको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स हो।
गोदरेज भारतको प्रतिष्ठित बहुराष्ट्रिय समूह हो, जसले १२५ वर्षदेखि विभिन्न क्षेत्रहरूमा नवीनता र विश्वसनीयताका साथ सेवा प्रदान गर्दै आएको छ। घरेलु उपकरणहरूको क्षेत्रमा गोदरेजले टिकाउपन, ऊर्जा दक्षता र मूल्यको उत्तम समन्वयका रूपमा आफ्नो पहिचान कायम गरेको छ।
