शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

काठमाडौंका दुईवटा फर्मलाई जरिवाना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ११ २०८२
काठमाडौंका दुईवटा फर्मलाई जरिवाना

विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीनवटा फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई उपस्थित हुन निर्देशन दिएको छ। विभागले अन्य सातवटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

काठमाडौं- नियमित बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुईवटा फर्मलाई जरिवाना गरेको छ।

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौंको बाँसबारीस्थित बाँसबारी राइस मिललाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो। त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी बाबाचोकस्थित जयस अन्न घरलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ।

विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीनवटा फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई उपस्थित हुन निर्देशन दिएको छ। विभागले अन्य सातवटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गरी कानून कार्यान्वयन गराएको स्पष्ट पारेको छ। रासस


प्रकाशित : सोमबार, फागुन ११ २०८२१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend