शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

रूस युक्रेन युद्धले इन्धनको मूल्यवृद्धि, मूल्य नबढाउन पहल गर्दै बेलायती प्रधानमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २ २०७८
images
रूस युक्रेन युद्धले इन्धनको मूल्यवृद्धि, मूल्य नबढाउन पहल गर्दै बेलायती प्रधानमन्त्री
images
images

अबू धाबी,(रासस/एएफपी) - बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएका छन्। 

images
images
images

रूस-युक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप तेल पम्प गर्न साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ।

images
images

रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्न र तेल बजार सन्तुलनमा राख्ने प्रयासवरूप उनको यूएई र साउदी अरबको भ्रमण तय भएको बताइएको छ।

images
images

यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी आइपुगेका छन्। उनी यतैबाट रियादपनि जानेछन्।

तेलको मूल्यमा अत्यधिक अस्थिरता देखिएपछि उनको भ्रमणका हुन लागेको भएपनि भ्रमणका क्रममा गत शनिबार साउदी अरबद्वारा सामूहिक मृत्युदण्डमा ८१ जनालाई दिइएको मृत्युदण्डबारे पनि छलफल हुन सक्ने अनुमान गरिएका छन्।

सन् २०१८ मा साउदी पत्रकार जमाल खासोगीको हत्या भएदेखि रियाद भ्रमण गर्ने केही पश्चिमी नेताहरूमध्ये एक बनेपछि जोन्सनले वास्तविक साउदी नेता राजकूमार मोहम्मद बिन सलमानलाई पनि भेट्नेछन्। 

खासोग्गीको हत्यामा साउदी अरबलाई ‘परिया’ राज्यको रूपमा व्यवहार गर्ने बताएको अमेरिकी प्रशासनको नेतृत्व गरेका राष्ट्रपति जो बाइडेन र राजकुमार मोहम्मदबीच बाइडेनले पद ग्रहण गरेदेखि औपचारिक सञ्चार भएको छैन। 

बेलायती प्रधानमन्त्रीले राजकुमार मोहम्मदसँग मानवअधिकारको चिन्ता र हालै ठूलो सङ्ख्यामा दिइएको मृत्युदण्ड रयुक्रेनमा रूसको आक्रमणमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्न आग्रह गर्नेछन्। विश्वका दुई ठूला तेल निर्यातकर्ता र दुवैको रुससँग सम्बन्ध रहेको साउदी अरेबिया र युएईअहिलेसम्म रुसविरुद्ध अडान लिनबाट जोगिएका छन्।

जोन्सनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘निष्ठुर’ आक्रमणको प्रभाव यूरोपभन्दा धेरै टाढा महसुस हुने भ्रमणमा निस्कनुअघि विमानस्थलमा बताएका थिए। 


प्रकाशित : बुधबार, चैत २ २०७८१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend