शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

चरौदी बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

सोमबार, फागुन ११ २०८२
चरौदी बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

मलेखु- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४४ जना सवार रहेको बताइएको छ। २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।

दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए। रासस


प्रकाशित : सोमबार, फागुन ११ २०८२०७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend