बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी इलेक्ट्रोनिक्सको राष्ट्रियस्तरको प्रमोटर मिट सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १० २०८२
सीजी इलेक्ट्रोनिक्सको राष्ट्रियस्तरको प्रमोटर मिट सम्पन्न

काठमाडौं- सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोद्रेज, क्रम्प्टन, बेको, सेन्साइ, केन्ट, एलिका, ब्ल्याक एन्ड डेकरलगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रियस्तरको प्रमोटर मिट सम्पन्न भएको छ।

फागुन ७, ८ र ९ गते काठमाडौंमा आयोजित तीनदिने कार्यक्रम बिक्री क्षमताको सुदृढीकरण, उत्पादनसम्बन्धी तालिम, ग्राहक सेवा उत्कृष्टता तथा ब्रान्ड-केन्द्रित रणनीतिक सोच विकासमा केन्द्रित थियो। कार्यक्रममा प्रमोटरहरूलाई नवीन प्रविधि, उत्पादनको विशेषता, प्रतिस्पर्धी बजार बुझाइ तथा ग्राहक आवश्यकताअनुसार समाधान प्रस्तुत गर्ने व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा संरचित इनगेजमेन्ट एक्टिभिटिज तथा मोटिभेशन-फोकस्ड सेसनहरू पनि समावेश गरिएका थिए, जसले प्रमोटरहरूको व्यावसायिक आत्मविश्वास, टोलीगत समन्वय र संगठनप्रतिको प्रतिबद्धता अभिवृद्धि गरेको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रमोटरहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। 


प्रकाशित : आइतबार, फागुन १० २०८२१७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend