बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नवलपरासी पश्चिम-१ मा कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १० २०८२
नवलपरासी पश्चिम-१ मा कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै

नवलपरासी पश्चिम- नवलपरासी पश्चिम-१ मा नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा यस क्षेत्रमा कांग्रेसप्रतिको आकर्षण बढेको हो।विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एमाले) परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढेको स्थानीय नेताहरूले बताएका छन्।

बर्दघाट नगरपालिका-१२ भटौलियामा आयोजित निर्वाचन प्रचारप्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा ठूलो संख्यामा युवाहरू कांग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी-१ का उम्मेदवार विनोद चौधरीले नवप्रवेशीहरूलाई टीका-माला लगाइदिएर स्वागत गरेका थिए।

कांग्रेसमा प्रवेश गर्नेहरूमा मनु राणा, सन्तोष कुँवर, इसहाक अन्सारी, मनुराना भटौलिया, विजयी तिवारी, प्रज्वल थारू, कमल आचार्य विरही, विमानन्द चौधरी, गजनी चौधरी, दिवाकर भुसाल, लक्ष्मी भुसाल र श्याम पाथ्रीलगायत छन्।

कार्यक्रममा उम्मेदवार चौधरीले युवाहरूको इच्छा र आकांक्षालाई सम्बोधन गर्न नेपाली कांग्रेस समयानुकूल परिवर्तनको मार्गमा अघि बढिरहेको बताए।  पछिल्ला केही दिनमै सयौं युवा कांग्रेसमा प्रवेश गरेको उनले बताए।

स्थानीय तहमा देखिएको यो प्रवेश लहरले पश्चिम नवलपरासी-१ को चुनावी समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ।


प्रकाशित : आइतबार, फागुन १० २०८२१५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend