बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ३ सय ७५ रुपैयाँले बढ्यो

आइतबार, फागुन १० २०८२
सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ३ सय ७५ रुपैयाँले बढ्यो

आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ। गएको शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज आइतबार चाँदीको मूल्य प्रतितोला ३ सय ७५ रुपैयाँले बढेर ५ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला  ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

गत माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : आइतबार, फागुन १० २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend