शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

७ महिनामा १२ खर्ब ९१ अर्बको वैदेशिक व्यापार, घाटा ९ खर्ब ५५ अर्ब

११ खर्ब २३ अर्ब रुपैयाँको आयात हुँदा निर्यात १ खर्ब ६८ अर्ब रुपैयाँको मात्रै

शनिबार, फागुन ९ २०८२
७ महिनामा १२ खर्ब ९१ अर्बको वैदेशिक व्यापार, घाटा ९ खर्ब ५५ अर्ब

विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख रुपैयाँबराबरको व्यापार घाटा देखिन्छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात र १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँबराबरको निर्यात भएको छ। यो अवधिमा मुलुकले ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ घाटा बेहोरेको छ।

भारतसँग बितेका सात महिनामा ६ खर्ब २९ अर्ब २९ करोड ५९ लाख रुपैयाँको आयात र १ खर्ब ३७ अर्ब ५१ करोड ७४ लाख रुपैयाँको निर्यात हुँदा मुलुकले ४ खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको छ। चीनसँग २ खर्ब ३५ अर्ब ३८ करोड २३ लाख रुपैयाँको आयात र ९० करोड १ लाख रुपैयाँबराबरको निर्यात हुँदा २ खर्ब ३४ अर्ब ४८ करोड २२ लाख रुपैयाँबराबरको घाटा भएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख रुपैयाँबराबरको व्यापार घाटा देखिन्छ।

व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा ५ करोड ५२ लाख रुपैयाँ, नर्वेसँग ३ करोड ३३ लाख रुपैयाँ र आइसल्यान्डसँग २ करोड ५७ लाख रुपैयाँबराबरको व्यापार नाफा देखिन्छ।

पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। यो अवधिमा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँको पेट्रोल र ३१ अर्ब ८५ करोड ९ लाख रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात भएको छ।

यसैगरी ३१ अर्ब ९ करोड १२ लाख रुपैयाँबराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाख रुपैयाँबराबरको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाख रुपैयाँबराबरको कच्चा सोयाबिन तेल, २१ अर्ब २० करोड रुपैयाँबराबरको सुन आयात भएको छ।

बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँबराबरको निर्यात भएको छ। अलैँची ८ अर्ब ६१ करोड २० लाख रुपैयाँ, सूर्यमुखी तेल ५ अर्ब ७८ करोड रुपैयाँ, कार्पेट ५ अर्ब ७१ करोड ८८ लाख ६९ हजार रुपैयाँबराबरको निर्यात भएको विभागको तथ्यांक छ। रासस


प्रकाशित : शनिबार, फागुन ९ २०८२१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend