बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रदूषणमा स्वच्छ वायुका लागि राम्रो विकल्प हो 'ब्ल्याक प्लस डेकर'को 'एयर प्युरिफायर'

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन ९ २०८२
प्रदूषणमा स्वच्छ वायुका लागि राम्रो विकल्प हो 'ब्ल्याक प्लस डेकर'को 'एयर प्युरिफायर'

काठमाडौं- पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ।

विशेषगरी हिउँदे सुक्खायामको यस समयमा वायु गुणस्तर सूचकांक (एक्यूआई) निरन्तर 'अस्वस्थकर' स्तरभन्दा माथि पुगिरहेको सन्दर्भमा सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ब्ल्याक प्लस डेकरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बदलिँदो मौसम, धुलो र धुवाँका कारण आम नागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर कम्पनीले सजगता अपनाउन अनुरोध गरेको छ।

'सीजी इलेक्ट्रोनिक्स सधैं आफ्ना ग्राहकहरूको स्वास्थ्य, सुरक्षा र जीवनस्तर उकास्ने कुरामा प्रतिबद्ध छ। बाह्य वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि हाम्रो घर र कार्यालयभित्रको हावालाई सुरक्षित र स्वच्छ राख्न सकिन्छ,' सीजी इलेक्ट्रोनिक्सका प्रवक्ताले भने, 'नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै हामीले घरभित्रको प्रदूषण व्यवस्थापनका लागि एक भरपर्दो र प्रभावकारी समाधानको रूपमा ब्ल्याक प्लस डेकरका एयर प्युरिफायरहरू बजारमा उपलब्ध गराएका छौँ।'

बाहिरको प्रदूषित हावा र पीएम२.५ जस्ता सूक्ष्म कणहरूबाट बच्न सामान्य भेन्टिलेसन मात्र पर्याप्त हुँदैन। यसै आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको ब्ल्याक प्लस डेकरको एपी३५६०-बी५ एयर प्युरिफायरले आकर्षक डिजाइन र शक्तिशाली ३ चरणको फिल्टरेसन प्रणालीको संयोजनमार्फत हावामा सासमा शुद्धता र ताजगी सुनिश्चित गर्छ। यसमा जडान गरिएका ३ चरणका सुरक्षा प्रणाली-

प्रि-फिल्टर : यसले धुलो, कपाल र घरपालुवा जनावरको रौँजस्ता ठूला कणहरूलाई कैद गर्छ। यसले भित्र रहेका गहिरा फिल्टरहरूलाई सुरक्षित राख्नुका साथै तिनीहरूको आयु बढाउन मद्दत गर्छ।

हेपा १३ फिल्टर : यो एउटा 'ट्रु हेपा' फिल्टर हो जसले हावामा रहेका ०.३ माइक्रोनसम्मका ९९.९७% सूक्ष्म कणहरू (जस्तै: परागकण, धुवाँ, मसिनो धुलो र एलर्जी गराउने तत्वहरू) लाई सोस्ने क्षमता राख्छ।

एक्टिभेटेड कार्बन फिल्टर : यसले दुर्गन्ध र हानिकारक भोलाटाइल अर्गानिक कम्पाउन्डलाई सोस्छ।
 
ब्ल्याक प्लस डेकरका एयर प्युरिफायरहरू नेपालभरका सीजी इलेक्ट्रोनिक्सका शोरुमहरू र आधिकारिक विक्रेताहरूमार्फत उपलब्ध छन्।


प्रकाशित : शनिबार, फागुन ९ २०८२१५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend