बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन ९ २०८२
सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले 'मिलियन डलर राउन्ड टेबल' (एमडीआरटी) २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम फागुन ५ गतेदेखि ७ गतेसम्म पोखरास्थित होटल पोखरा ग्रान्डमा आयोजना भएको थियो।

कार्यक्रममा ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरियो, जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना कोर्ट अफ द टेबल (सीओटी) तथा १ जना टप अफ द टेबल (टीओटी) क्वालिफायर थिए। कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको समेत सहभागिता थियो।

उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरूलाई सम्मान र आगामी व्यावसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र प्रशिक्षणका लागि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमअन्तर्गत 'द सेक्रेट अफ प्रोग्रेसिभ लाइफ' विषयमा प्रख्यात सेल्स कोच तथा मोटिभेशनल स्पिकर डा. रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गरेका थिए। यसले सहभागीहरूलाई व्यक्तिगत तथा व्यावसायिक विकासका लागि प्रेरित गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषराज पौडेलले मार्गदर्शन प्रदान गरेका थिए।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि उपस्थित थिए। उनीहरूले सहभागीहरूलाई सम्बोधन गर्दै हाँस्यव्यंग्यमार्फत उत्साह थप्नुका साथै एमडीआरटी क्वालिफायरहरूलाई सम्मान समेत गरेका थिए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतपोषकराज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरूको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। 


प्रकाशित : शनिबार, फागुन ९ २०८२१५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend