शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ८ २०८२
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ

'बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो।'

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजारका मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

उनले भने, 'त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टि शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दै जाँदा निजले बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो।'

आइफोन १७ प्रोम्याक्स २५६ जिबीका चार थानका आठ लाख बराबर, एमफोर म्याकबुक ऐर २५६ जिबीका दुई लाख ६० हजार बराबर र एमफोर म्याकबुक ऐर ५१२ जिबीका तीन लाख २० हजार बराबरका विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता सिलवालले बताए।

अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम गठी गर्ने एक जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, 'पक्राउ परेका निजले अमेरिका लैजाने भन्दै एक जनाबाट रु छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो।' निजलाई आज ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए।


प्रकाशित : शुक्रबार, फागुन ८ २०८२१८:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend