शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अनधिकृत प्रवेशमा काठमाडौं महानगरले लगायो रोक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ८ २०८२
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अनधिकृत प्रवेशमा काठमाडौं महानगरले लगायो रोक
फाइल तस्बिर

ल्यान्डफिल साइटमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कुनै पनि व्यक्ति प्रवेश नगर्न/नगराउन काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अनुरोध गरेको छ।

काठमाडौं- काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट सञ्चालन हुँदै आएको बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा दैनिक रूपमा २३ वटा स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन कार्य हुँदै आइरहेको छ।

उक्त फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला/कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने तथा फोहोरमैला विसर्जनको क्रममा दैनिक प्रयोग हुने हेभी सवारी साधन (डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर आदि) निरन्तर चलायमान हुने हुँदा अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने भएकोले आजदेखि ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरिएको महानगरले विज्ञप्तीमार्फत जनाएको छ।

उक्त ल्यान्डफिल साइटमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कुनै पनि व्यक्ति प्रवेश नगर्न/नगराउन काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अनुरोध गरेको छ।

उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने, सार्वजनिक यातायात सञ्चालनको दिगोपनाका लागि यस अघिका अध्ययन प्रतिवेदनहरुको तथ्य र सिफारिस विश्लेषण गरेर उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने विषयमा बिहीबार उपत्यका मेयर्स फोरमको बैठकले निर्णय गरेको थियो। 


प्रकाशित : शुक्रबार, फागुन ८ २०८२१७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend