शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

डिजेलभन्दा धेरै सोयाबिन क्रुड आयात, यी हुन् धेरै मूल्यका आयात हुने १० वस्तु

शुक्रबार, फागुन ८ २०८२
डिजेलभन्दा धेरै सोयाबिन क्रुड आयात, यी हुन् धेरै मूल्यका आयात हुने १० वस्तु

सम्झौताको लामो समयसम्म नेपालीले घाटामात्र बेहोरेको थियो तर पछिल्लो समय लाभ लिइरहेका छन्। तर पछिल्लो समय अमेरिकासँग भारतको सम्झौता भएपछि भने यसको निर्यात संकटमा पर्ने देखिएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा डिजेल आयातभन्दा धेरै भटमासको अप्रशोधित तेलको आयातमा धेरै खर्च हुने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार सात महिनामा भटमासको क्रुड ७० अर्ब रुपैयाँको आयात भएको छ भने ६९ अर्बको डिजेल आयात भएको छ। 

विदेशबाट अप्रशोधित भटमासको तेल ल्याएर नेपालमा प्रशोधन गर्दै भारतमा निर्यात हुँदै आएको छ। दक्षिण एसियाली व्यापार सम्झौताअनुसार नेपालमा ३० प्रतिशत मूल्यअभिवृद्धि भएको वस्तुलाई भारतमा शून्य भन्सारमा पहुँच मिल्ने व्यवस्था रहेको छ। यही सुविधाको फाइदा लिँदै नेपाली व्यवसायीले निर्यात गर्दै आएका छन्। 

सम्झौताको लामो समयसम्म नेपालीले घाटामात्र ब्यहोरेको थियो तर पछिल्लो समय लाभ लिइरहेका छन्। तर पछिल्लो समय अमेरिकासँग भारतको सम्झौता भएपछि भने यसको निर्यात संकटमा पर्ने देखिएको छ। 

आयातका लागि धेरै मुद्रा खर्च हुने तीन नम्बरमा पेट्रोल रहेको छ। यसका लागि ३८ अर्ब रुपेयाँ खर्च भएको छ। सात महिनामा खाना पकाउने ग्यास ३१ अर्ब, ३१ अर्बकै आइरन, २६ अर्बको स्मार्टफोन र २१ अर्ब रुपैयाँको सुन आयात भएको छ। 

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा ११ खर्ब २३ अर्ब रुपैयाँको आयात भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा १३.६५ प्रतिशतले धेरै हो। 

त्यस्तै सात महिनामा १ खर्ब ६८ अर्ब रुपेयाँको निर्यात भएको छ। यो ३२.१९ प्रतिशतले बढी हो। सात महिनामा ९ खर्ब ५५ अर्ब रुपैयाँको व्यापार घाटा कायम भएको छ। यो गत वर्षको तुलनामा १० प्रतिशतले धेरै हो। 


प्रकाशित : शुक्रबार, फागुन ८ २०८२१६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend