काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक व्यापार १५ प्रतिशतले बढेको छ। पछिल्लो समय आयातमा निरन्तर वृद्धि हुँदा समग्रमा वैदेशिक व्यापार बढिरहेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा ११ खर्ब २३ अर्ब रुपैयाँको आयात भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा १३.६५ प्रतिशतले धेरै हो।
त्यस्तै सात महिनामा १ खर्ब ६८ अर्ब रुपेयाँको निर्यात भएको छ। यो ३२.१९ प्रतिशतले बढी हो।
सात महिनामा ९ खर्ब ५५ अर्ब रुपैयाँको व्यापार घाटा कायम भएको छ। यो गत वर्षको तुलनामा १० प्रतिशतले धेरै हो।