शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

टुर दी ठाकुरद्वारा साइकल महोत्सव सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ८ २०८२
टुर दी ठाकुरद्वारा साइकल महोत्सव सुरु

महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा पुग्नेछन्।

नेपालगंज- साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगंज देखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ। 

महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा पुग्नेछन्। 

यस क्षेत्रमा साइकलिङलाई प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली, पर्यावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक सचेतनामा टेवा पुर्‍ याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ।

आयोजकका अनुसार महोत्सवको पहिलो दिन वाटरपार्क, कान्तिताल, सिद्धिविनायक लायन्स पार्क हुँदै कोहलपुरमाको खडगवार हात्तिसार, बाँके राष्ट्रिय निकुञ्जसँगै सुतैया तालउको भ्रमण गरी गाभर भ्यालीमा टोली पुग्नेछ। साइकल र्‍यालीले विभिन्न जनचेतनामूलक गतिविधि, स्वास्थ्य तथा वातावरणसम्बन्धी सन्देश प्रवाह तथा प्रतिस्पर्धात्मक साइकल दौड सञ्चालन गर्नेछ। आयोजनका अनुसार साइक्लिस्टले नेपालगंजदेखि ठाकुरद्वारासम्मको यात्रा मार्गमा पर्ने विभिन्न स्थानमा स्थानीय संस्कृति, पर्यटकीयस्थल तथा सामाजिक गतिविधिको प्रवद्र्धन गर्नेछन्।

कार्यक्रममा स्वदेशी तथा विदेशी साइक्लिस्टहरुको सहभागिता छ। साइकल यात्राले पर्यटन प्रवद्र्धनका साथै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक सहकार्य विस्तार गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गरिने बताइएको छ। महोत्सवमा २५० जना साइक्लिस्टको सहभागिता छ। 


प्रकाशित : शुक्रबार, फागुन ८ २०८२१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend