काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।
एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखेको छ। एमालेले भविष्यमा गर्ने कामका विषयका साथै विगतमा भएका विषय प्रष्ट्याउने व्यापक प्रयास गरेको छ।
अर्थतन्त्र आधा दशकमा सय खर्ब एक दशकमा २ सय खर्ब, स्वदेशमै रोजगारी, स्वदेशमै काम, सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास, गतिशील गाउँ, आधुनिक सहर आर्थिक विकासको नयाँ लहर, सहरको स्वच्छता, पूर्वाधारको पूर्णता- समुन्नत सहर हाम्रो प्रतिबद्धता, स्वच्छ पानी, सफा आँगन स्वस्थ नेपाली, हाम्रो अभियान, उद्योग क्षेत्रको विस्तार, उत्पादनमा बृद्धि २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि, आयात घटाउने, निर्यात बढाउने भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने, आधुनिक खेती, उन्नत व्यवसाय कृषिमै रोजगारी, पर्याप्त आय, हरियो वन, समुदायको धन, संरक्षण, उपयोग, दिगो व्यवस्थापन जस्ता २५ स्तम्भवमा नाराहरू एमालेले दिएको छ।
घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको छ। लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम आफूले गरेको दाबी गरेको छ।
१० जीबी निःशुल्क इन्टरनेट डाटा, १० हजारको डलर कार्ड, ५ हजार रेमिटेन्स पठाउनेको खातामा, २० लाख विद्यार्थीलाई निर्ब्याजी ऋण जस्ता विषय एमालेले अघि सारेको छ।
यस्तै १० कक्षासम्म दिवा खाजा, किशोरीलाई निःशुल्क प्याड, २५ हजार न्यूनतम पारिश्रमिक, २० हजार स्वयंसेविकालाई भत्ता, २० हजार प्रतिजन्म सुत्केरी पोषण भत्ताको घोषणा पनि एमालेले गरेको छ।
२५ हजारसम्मको ऋण मिनाहा, शिक्षकको मर्यादाक्रम र सामाजिक सुरक्षा र सुरक्षाकर्मीको सम्मान र कल्याणको विषय एमालेले अघि सारेको छ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ। विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ।
एमाले अध्यक्ष ओलीले भत्काउने र जलाउने नभइ बनाउने संकल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गरेका छन्। उनले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको बताउँदै आफूहरु कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने दाबी गरेका छन्।
यस्तो छ एमालेको घोषणापत्र -
