झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य थियो।
यद्यपि माघमा मात्रै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ संकलन भएको छ। यो माघका लागि निर्धारित लक्ष्यको १ सय २ दशमलव ३४ प्रतिशत हो।
कार्यालयले चालु आर्थिक वर्षमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको छ। रासस