काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज बिहीबार चाँदीको मूल्य प्रतितोला १ सय ८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ। हिजो बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
