मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्‍यो : बालेन शाह

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ६ २०८२
दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्‍यो : बालेन शाह

'राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ।'

काठमाडौं- रास्वपाका वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिम बनेको देश बनेको सपना राष्ट्रिय स्वतन्त्र पार्टीले पूरा गर्ने बताएका छन्।

'खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा। दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्यो। यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने? यो भेगमा मेरो भोट छैन, किन बाटो बनाउने?' उनले भने। 

'राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। मान्छेले देशलाई स्वीट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्वीट्जरल्यान्डको बाउ बडी मालिका यहीँ छ, किन बनाउनुपर्यो स्वीट्जरल्यान्ड? स्वीट्जरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ, किन बनाउनुपर्यो स्वीट्जरल्यान्ड? खप्तड नेसनल पार्क यहीँ छ, किन बनाउनुपर्यो स्वीट्जरल्यान्ड? हामी नेपालीहरु माल भएको चाल नपाएको मान्छेहरु पर्यौं। भएको चिज देखाउनै सक्या छैन' उनले भने।

आफू धेरै बोल्ने मान्छे नभएको भन्दै उनले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस् है। तपाईंहरुले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो, के के छ तपाईंहरुको काम, हाम्रा उम्मेदवारहरुलाई, हाम्रा पार्टीका मान्छेहरुलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु। भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले।' 


प्रकाशित : बुधबार, फागुन ६ २०८२१८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend